मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
नेकपा एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शर्माले दलहरूबीच जति नै मतभेद र तिक्तता भए पनि मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
शर्माले नयाँ दलहरूको आगमनसंगै पुराना दलको योगदानलाई पनि भुल्न नहुने भन्दै नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ बनाएर जानुपर्ने धारणा राखे । देशमा केही बनेको भन्दै मुलुकका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । शर्माले ६२–६३ को आन्दोलनपछि एमाले ९ पटक र कांग्रेस ८ पटक सरकारमा गएको भन्दै देशमा भएका राम्रोका काम र नराम्रा कामको सबैले जिम्मेवारी लिनुपर्ने बताए ।
त्यस्तै शर्माले एमाले अध्यक्ष केपी ओलीले कांग्रेस ३२ सिटे माओवादीको पछि हिँडेको टिप्पणी गरेको स्मरण गर्दै अहिले कोशीमा एमाले ८ सिटको पछि लागेको तर्क गरे ।
महामन्त्री शर्माले झापामा एमाले उदार भएका कारण आफू संसदमा आउन सफल भएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया