संवैधानिक इजलास : न्यायाधीशमाथि फेरि प्रश्न उठाउने तयारी

काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वीच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ भइरहेको छ । आइतबार पनि यो सुनुवाइले निरन्तरता पाउने छ । आज कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्न उठाउने तयारी गरेका छन् ।
यसअघि शुक्रबार पनि इजलासका न्यायाधीशमाथि प्रश्न उठेको थियो। रिट निवेदकतर्फका कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीशमाथि प्रश्न उठाएका थिए । अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलास बस्न नहुने राय दिएका थिए ।
न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै फेरि उनी नै संवैधानिक इजलासमा हुँदा के हुन्छ भन्दै अधिवक्ता बन्दीले प्रश्न गरेका थिए ।आइतबार पनि कानुन व्यवसायीले उनै न्यायाधीश बममाथि प्रश्न उठाउने तयारी गरेका छन् ।
आज १० बजेपछि संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन मुद्दामाथि सुनुवाइ गर्दैछ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया