शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

सांकेतिक तस्विर

धनगढी - गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षीया अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो।

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागूऔषध निकालेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।