कर्णालीमा 'मिस्टर एण्ड मिस माेडल अफ द कर्णाली २०२३' हुँदै

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक 'मिस्टर एण्ड मिस माेडल अफ द कर्णाली २०२३' हुने भएको छ । हिन्दुहरूको महान चाड दशैँ र तिहारको अवसरमा प्लेईङ्ग फर चेन्ज,सुर्खेतको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । कार्यक्रमको पहिलो संस्करण कार्तिक एक गतेबाट सुरु हुने आयोजकले जनाएको छ ।
आज कचहरी प्रेस क्लबमा पत्रकार सम्मेलन बोल्दै पहिलो अडिसन कार्तिक १ गते हुने प्लेईङ्ग फर चेन्ज,सुर्खेतका अध्यक्ष प्रकाश खड्काले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रम विभिन्न चरणमा सञ्चालन हुने छन् । जस्तै अडिसन राउण्ड, ट्रेनिङ्ग, फोटो सुट, ट्यालेन्ड राउण्ड र फाइनल राउण्ड हुने छ ।
प्रतियोगिताका विजेताहरूलाई नगद रु ५० हजार, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व हुने अवर प्रदान गरिनेछ । यस्तै विभिन्न सौन्दर्यताको पाँच दिने नि:शुल्क तालिम, क्राउन, ट्रफि, र विभिन्न आकषर्क उपहारहरू, मिउजिक भिडियो, सर्ट मोभिहरू लगायतका विभिन्न अवसर प्रदान गरिने अध्यक्ष खड्काले बताए ।
यस कार्यक्रममा भाग लिनका लागि सहभागी फारम भर्नुपर्नेछ, भने फारम वापत पाँच सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । यस प्रतियोगितामा १४ देखि २४ वर्ष उमेर समूहकाहरूले भाग लिन पाउने छन् ।

शनिवार ह्ययात ग्राउण्डमा नोरा फतेहीले नेपाली दर्शक नचाउँने

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

प्रतिक्रिया