यूरो कप छनोटः इटाली, युक्रेन र डेनमार्कको जित

काठमाडौँ- सन् २०२४ को यूरो कप फुटबलको छनोटअन्तर्गत इटाली, युक्रेन र डेनमार्कले जित हात पारेका छन् ।
समूह ‘सी’ अन्तर्गत शनिबार राति भएको खेलमा इटालीले माल्टालाई ४-० गोलअन्तरले हराएको हो । इटालीको जितमा डोमेनिको बेरार्डीले २ गोल गर्दा जियाकोमो बोनाभेन्टुरा र डेभिड फ्राटेसीले एक-एक गोल गरे ।
यससँगै छनोटअन्तर्गत पाँचमध्ये तीन खेलमा जित हात पार्न सफल भएको छ । उसले एक खेलमा बराबरी खेल्दा एक खेलमा पराजय भोगेको छ । माल्टाको भने यो लगातार पाँचौँ पराजय हो ।
समूह ‘सी’ अन्तर्गत नै युक्रेनले नर्थ म्यासेडोनियालाई २-० हरायो । युक्रेनको जितमा हियोर्ही सुडाकोभ र ओलेक्जान्डर कराभायभले एक-एक गोल गरे ।
समूह ‘एच’ मा रहेको डेनमार्कले भने कजाखस्तानलाई ३-१ ले पाखा लगायो । डेनमार्कको यो सातमध्ये पाँचौँ जित हो ।
डेनमार्कको जितमा रोबर्ट स्कोभले २ तथा जोनास विन्डले १ गोल गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया