विदुषीको 'चिसो घर' मुम्बईको जियो मामी मुम्बई फिल्म फेस्टिभलमा

काठमाडौँ- एभरेष्ट फिल्म एकेडेमीबाट डिप्लोमा गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म 'चिसो घर' भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिभलका लागि छानिएको छ।
आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने गिरीको सोसल ड्रामा जनराको फिल्म चिसो घर उक्त फेस्टिभलबाटै वर्ल्ड प्रिमियर हुने भएको छ। थर्ड डाईनेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेष्ट फिल्म एकेडेमीद्वारा संयुक्त रुपमा निर्माण गरिएको ११ मिनेट लामो फिल्ममा सोनिका शाही ठकुरी, सरीता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन र मारिया कार्कीले अभिनय गरेका छन्।
विदुषीकै कथा, पटकथा र संवाद, विपिन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन रहेको छ।
फिल्मकी निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअन्तर्गत वर्ल्ड प्रिमियरका लागि छानिएको हो। आफ्नो पहिलो प्रयास नै मुम्बई फिल्म फेस्टिभलजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट हुनु गौरवको विषय भएको भन्दै गिरीले खुशी व्यक्त गरिन्। उनले फेस्टिभलमा सहभागी भएर विभिन्न देशका फिल्म हेरी त्यहाँबाट प्राप्त ज्ञानबाट आगामी दिनमा अघि बढ्न सरल हुने समेत बताइन्।
७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागी फेस्टिभलमा यस वर्ष नेपाली फिल्मको बाहुल्यता रहेको छ। बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी प्रियंका चोपडा अध्यक्ष रहेको फेस्टिभलमा नेपाली फिल्महरु विभिन्न विधाका लागि छनोट भएका छन्।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया