हाम्रो सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य
काठमाडौँ– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताइन् । आइतबार एमाले काठमाडौँ महानगर समितिले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताइन् ।
उनले देशमा जात–जातका बीचमा विभिन्न अन्तरविरोध र द्वन्द्वहरू सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताइन् । उनले आजसम्म विभिन्न जातजातिहरू मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् । उनले सामाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताइन् ।
‘यति बेला विभिन्न हिसाबले, विभिन्न कोणले सामाजिक अप्ठ्याराहरू सिर्जना भइराखेको छ । विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरविरोधहरू सिर्जना गर्ने, द्वन्द्वहरू सिर्जना गर्ने, त्यस्तो खालको बेमेलहरू सिर्जना गर्ने काम भएको छ । यो बिल्कुल गलत काम हो भन्ने मलाई लाग्दछ,’ उनले भनिन्, ‘अहिलेसम्म हामी जुन ढंगले मिलेर बसेका छौँ, हाम्रो राष्ट्रियतालाई बलियो बनाएर विश्वमै एउटा परिचय र पहिचान दिइराखेका छौँ । त्यो कुरालाई हामीले जिवित बनाउन सक्यौँ भने मात्रै अझै नेपाल र नेपालीको इज्जत रहन्छ । अझै नेपाल र नेपालीको परिचय फराकिलो हुन्छ । र विश्वसामु हामीले आफ्नो एकतालाई अझै बलियो बनाएर स्थापित गर्नसक्छौँ भन्ने लाग्दछ ।’
उनले अगाडि भने, ‘संस्कृति हामीले गर्दै आएको पूजाआजा र सद्भाव मात्रै होइन, यसरी पनि हामीले जोडेर जानुपर्छ । र विविधता भएको देशमा एकतालाई मजबुत बनाउन सक्यौँ भने नेपाल र नेपालीको पहिचान बलियो हुन्छ । संस्कृतिबाट नै यो पहिचानलाई, एकतालाई बलियो बनाउन सक्छौँ । संस्कृति परम्परा र संस्कार मनाउँदा र जोगाउँदा त्यहाँ भित्रको विभेदलाई हटाउनुपर्छ । संस्कृतिभित्रका विभेद परम्परा भित्र भएका असमानताहरूलाई सच्याउँदै सुधार गर्दै लानुपर्छ ।’
उनले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरूलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताइन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया