न्यायपालिका सुधाराेन्मुख भइरहेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधाराेन्मुख भइरहेको बताएका छन् ।
छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्रविन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको उनको दाबी थियो ।
आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरू समेत देखापर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे । उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरू क्रियाशील रहेको समेत बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालत पाटनमा बनेको नवनिर्मित भवनले गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उच्च अदालत पाटनको कामकारबाहीप्रति आफूहरू खुसी रहेको बताए । उनले सो अदालतको चौतारोलगायतका भौतिक पूर्वाधार निर्माण पनि महानगरपालिका तयार रहेको बताए ।
मेयर महर्जनले उच्च अदालत पाटनको भवन निर्माण कार्य समयमै सम्पन्न भएको भन्दै सम्बन्धित पक्षलाई धन्यवाद समेत दिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया