आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

चितवन एमालेले गर्‍यो चार जनालाई जिल्ला सदस्य मनोनीत

चितवन- नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनीत गरेको छ । 

एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनीत गरेको हो ।

मनोनीत हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन् ।