सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

नर्वेलाई पराजित गर्दै स्पेन यूरो कपका लागि छनोट

काठमाडौँ- नर्वेलाई पराजित गर्दै स्पेन सन् २०२४ को यूरो कप फुटबलका लागि छनोट भएको छ ।

समूह ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा गाभीले ४९ औँ मिनेटमा निर्णायक गोल गरे । स्पेनसँगै समूह ‘ए’ बाट स्कटल्यान्ड पनि यूरो कपका लागि छनोट भएको छ ।

स्पेन र स्कटल्यान्डको समान ६-६ खेलबाट १५-१५ अंक रहेको छ । यता ७ खेलबाट १० अंक जोडेको नर्वे भने अब केवल प्लेअफबाट छनोट हुने सम्भावना छ ।