सुर्खेतमा किन घट्यो राजस्व संकलन ?

सुर्खेत- आन्तरिक राजस्व कार्यालय सुर्खेतमा राजस्व संकलन घट्दो क्रममा देखिएको छ । विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा आन्तरिक राजस्व कार्यालय, सुर्खेतमा राजस्व संकलन घटेको देखिएको छ । पाँच वर्षको अवधिमा कार्यालयले आठ अर्ब ३४ करोड ६७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७९–०८० मा एक अर्ब ७० करोड ८९ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत टेकराज थापाले जानकारी दिए । २०७८–०७९ मा कार्यालयले एक अर्ब ७३ करोड ६७ लाख ५४ हजार रुपैयाँ संकलन गरेको थियो । २०७७–०७८ मा दुई अर्ब १३ करोड २६ लाख ८३ हजार रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांक रहेको छ । यो नै पाँच वर्षको समयमा सबैभन्दा धेरै राजस्व संकलन भएको आर्थिक वर्ष हो ।
त्यसैगरी पाँच वर्षको तुलनामा सबैभन्दा न्यून संकलन २०७५–०७६ आर्थिक वर्षमा भएको थियो । यस आर्थिक वर्षमा एक अर्ब २५ करोड ४८ लाख ४४ हजार रुपैयाँ संकलन गरेको छ । २०७६–०७७ मा एक अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ संकलन भएको कर अधिकृत थापाले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०–०८१ को हालसम्ममा आन्तरिक राजस्व कार्यालयले २७ करोड ९८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।
विगत तीन वर्षयता बजारमा आर्थिक गतिविधि घटेका कारण राजस्वमा समेत प्रभाव देखिएको आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत थापाले बताए ।
‘कोभिड–१९ संक्रमणकालीन समयले अर्थतन्त्रमा समेत असर पर्यो । त्यसपछि बजारमा आर्थिक गतिविधि समेत घटेको छ,’ कर अधिकृत थापाले भने, ‘पछिल्लो समय अर्थतन्त्रमा परेको प्रभावका कारण कर संकलनमा समेत प्रभाव पारेको अवस्था छ ।’ यसका साथै सरकारले समेत करमा छुट कार्यक्रमहरू ल्याएपछि पनि राजस्व संकलन न्यून हुनु स्वाभाविक भएको उनको भनाई छ ।
कार्यालयको लक्ष्य अनुसार २०७५–०७६ मा एक सय २५ प्रतिशत, २०७६–०७७ मा ७९ प्रतिशत र २०७७–०७८ मा एक सय ४७ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिए ।
कार्यालयका अनुसार २०७८–०७९ मा ८४ र २०७९–०८० मा ८३ प्रतिशत राजस्व संकलन भएको थियो । २०७६–०७७ यता तीन आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजस्व संकलन भएको उनले जानकारी दिए । सुर्खेतमा हाल एक लाख भन्दा बढी करदाताको संख्या छ । पाँच वर्षको अवधिमा करदाताको संख्या एक लाख २३ हजार आठ सय ५० जना पुगेको कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया