शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

न्यायाधीश बमबारे संवैधानिक इजलासमा बहस सुरु

काठमाडौं : प्रतिनिधि सभा विघटनसम्बन्धी परेको रिटमा आज सुरु भएको संवैधानिक इजलासमा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठमाथि उठेको प्रश्नका विषयमा बहस हुनु पर्ने दलील राखेका छन् । 

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा भने, ‘लिखित ल्याउनोस्, बस पनि पढ्नोस, दुबै पक्षको कुरा सुन्छौं ।’ यसपछि अधिवक्ता वन्दीलाई न्यायाधीश श्रेष्ठका विषयमा इजलासले बहस गर्न दिएको छ । वन्दीले नेकपा फुटाउने फैसला गर्ने न्यायाधीशले यो (संवैधानिक) इजलासमा बस्न नमिल्ने दलील राखे । यही विषयमा वरिष्ठ अधिवक्ता महादेव यादवले पनि बहस गरिरहेका छन् ।