विद्युत् विधेयकको विरोधमा विद्युत् प्राधिकरणका कर्मचारीहरू [फाेटाेफिचर]
विधेयक नसच्याए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ- सरकारले संसदमा दर्ता गराएको विद्युत् विधेयक, २०८० ले नेपाल विद्युत् प्राधिकरणको अस्तित्व नै समाप्त पार्ने भन्दै नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
आज प्राधिकरणका क्रियाशील ट्रेड युनियनहरूले रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा विरोध सभा आयोजना गरे । विरोध सभालाई कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी संघ आधिकारिक ट्रेड युनियनका प्रतिनिधिहरू सम्बोधन गर्दै विधेयक फिर्ता हुनुपर्ने माग गरे ।
आम जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विद्युत् जस्तो अत्यावश्यक वस्तु निर्वाध रूपमा नेपाली जनतामा पुर्याउनुको सट्टा आफ्नो निहित स्वार्थ पूर्ति गर्न विभिन्न समयमा जलमाफियाहरूको प्रभावमा परी नीति निर्माताहरूले प्राधिकरणलाई विखण्डन गर्न पटक–पटक प्रयास गरेको उनीहरूले बताए ।
यसअघि गत असोज २२ गते प्राधिकरणका चारवटै युनियनहरूले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई एक ज्ञापन पत्र दिई नेपाल विद्युत् प्राधिकरणको छाता संस्थाको रूपमा राखी त्यसको मातहतमा उत्पादन, प्रसारण र वितरण कम्पनी बनाई विद्युत् ऐन, २०८० लागू गर्न माग गरे ।
विधेयकमा उत्पादन, वितरण र प्रसारण जस्ता अलग अलग कम्पनी स्थापना गर्ने र प्राधिकरण खारेज हुने प्रावधान छ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया