हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट दिँदै सेल्सवेरी
३०औं वार्षिकोत्सव र दसैंको अवसरमा आकर्षक अफर

काठमाडौँ – नेपालीहरूको महान पर्व दसैंको अवसर तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको हाे । उक्त अफर सेल्सवेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरूमा लागु हुने कम्पनीले जनाएको छ ।
घरायसी, खाद्यान्न तथा किचनका सामानहरूमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ ।
इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।
हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थसमेत सेल्सवेरीले मिलाएको छ ।
त्यसै गरी सेल्सवेरीले काठमाडौंको महाराजगञ्ज नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । स्थापनाको ३०औं वार्षिकोत्सवको सन्दर्भ र दसैंको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको हो ।
अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए । ‘यो भवन सपिङमा नयाँ गन्तव्यका रूपमा विकसित हुनेछ,’ उनले भने, ‘नेपालमै विश्वस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण हामीले दिँदैछौं ।’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया