तलब नदिएको भन्दै हुलाक कार्यालय धनुषाका कर्मचारी आन्दाेलित
तलब भुक्तानी नभएसम्म कार्यालयको ताला नखोल्ने चेतावनी

जनकपुरधाम- जनकपुरधामस्थित हुलाक कार्यालय धनुषाका कर्मचारीहरूले तलब भत्ता भुक्तानीको माग गर्दै कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । सोमबार कर्मचारीहरूले दसैँ, तिहारको समयमा पनि गत तीन महिनाको तलब नदिएको भन्दै कामकाज ठप्प गर्दै कार्यालयमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कार्यालय परिसरमा धर्ना समेत दिएका छन् । ताला
केही दिनअघि अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई दसैँ तिहार जस्ता चाडपर्वमा कुनै पनि कर्मचारीको तलब नरोक्नु भनेर पत्राचार नै गरेको थियो । तर, हुलाक कार्यालय धनुषामा रकम भए पनि मनपर्दी गर्दै कार्यालय प्रमुखले तीन महिनादेखि तलब खुवाएका छैनन् ।
उनीहरूले कार्यालय प्रमुख जयचन्द्र साहले मनमानी गर्दै आफ्नो सेवा सुविधामा लागेर दसैँ जस्ता पर्वमा पनि कर्मचारीहरूको तलब नदिएको आरोप लगाएका छन् । हुलाक कार्यालय धनुषाका जिन्सी शाखाका कर्मचारी जितेन्द्र लाल कर्णले कार्यालय प्रमुख साहले कार्यालयमा हाजिर भएदेखि तीन महिनाको तलब नदिएको गुनासाे गरेका छन् ।
उनका अनुसार भदौ महिनादेखि दसैँ भत्ता समेत गरी तीन महिनाको कर्मचारीहरूको तलब भत्ता बक्यौता रहेको छ । जिन्सी शाखाका कर्णले थप्दै भने. 'कार्यालय प्रमुख साहले कार्यालयबाट सामान बुझेर सामान बुझेका भनी हस्ताक्षर नगरी आलटाल गर्दै आएका छन् । कहिले फ्रिज त कहिले एसी आफ्नो क्वार्टरमा लगाई दिन जिन्सी शाखामा दबाब दिँदै आएका छन् ।'
अर्का कर्मचारी मनिष कर्णले दसैँ, तिहार जस्ता चाडपर्वमा आफूहरूको तलब नदिइएपछि निकै समस्यामा परेको दुखेसो पाेख्छन् । कार्यालय प्रमुख साहले कर्मचारीहरूसँग १०/१० हजार रुपैयाँ कमिसन माग्नुका साथै नदिएमा स्थायी कर्मचारी निलम्बन गरिदिने, करारका कर्मचारीलाई जागिरबाट हटाइ दिने लगायतका धाकधम्की पनि दिँदै आएको आरोप समेत उनले लगाए ।
यता कार्यालय प्रमुख साहले आफूले कसैसँग तलब वापत कमिसन नमागेको बताएका छन् । उनले अहिलेसम्म तलब भुक्तानी गर्न नसक्नुको प्रमुख कारण लेखापाल सरुवा भएपछि लामो समयसम्म कार्यालयमा लेखापाल नआएर र केही दिनअघि कोलनिकाबाट विकू मण्डल आए पनि उनले समय नदिएर बताए । तलब भत्ता त कोलनिका कार्यालयबाट पनि लेखापालले खुवाउन सक्छ नि, दसैँ जस्ता चाडपर्वमा तलब रोक्नु कतिको जायज रहेको भन्ने जिज्ञासामा कार्यालय प्रमुख साहले पन्छिँदै भने, 'कर्मचारीको तलब मात्रै एउटा समस्या हो, र पत्रपत्रिकाहरूको पनि भुक्तानी बाँकी छ सबैलाई व्यवस्थापन गर्दा समस्या भएको हो ।'
आन्दोलनरत कर्मचारीहरूले तलब भुक्तानी नभएसम्म कार्यालयको ताला नखोल्ने चेतावनी दिएका छन् । हुलाक कार्यालय धनुषामा स्थायी, करार र इकाई कार्यालयसहित करिब तीन सय कर्मचारीको तलब बाँकी रहेको छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया