शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नापी कार्यालय झापाका नापी सर्वेक्षक घुस रकमसहित अख्तियारको नियन्त्रणमा

फाइल तस्बिर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र  बिचौलिया उमेश यादवलाई नियन्त्रणमा लिएको छ । 

कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो । 

सेवाग्राहीबाट ७० हजार रुपैयाँ नगद र ५५ हजारको रुपैयाँको चेक गरी जम्मा १ लाख २५ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । 

उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाइएको छ ।