ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर–बी नेटवर्क जोड्ने

बेइजिङ– चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर– बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन् ।
ह्वावे एफटीटीआर– बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा–गिगाबिट प्रिमियम वाईफाई सेवाहरू प्रदान गर्ने छ ।
मोबाइलको ह्वावेसँग एफटीटीआर– बी नेटवर्क विस्तारमा सहकार्य गर्दै
समुन्द्री सतहबाट ५,२०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेसन ब्यूरोमा लग्नुपर्छ ।
कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो । हाई–स्पीड एफटीटीआर–बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ । जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्नेछन् ।
यसका अतिरिक्त, एफटीटीआर– बी को स्थापना समुद्री सतहबाट ४२०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखिएको छ ।
विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक–इन प्रणालीमा सुस्तता समय–समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरूको इन्टरनेटको पहुँचमा असर गरेको थियो ।
एफटीटीआर– बी स्थापनापछि होटलका ३०० पाहुनाहरूले एकै समयमा उच्च–गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन् ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया