शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

तपाईंहरूलाई न्यायाधीश छान्‍ने अधिकार छैन : प्रधानन्यायाधीश

काठमाडौँ : प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश छान्‍ने अधिकार अधिवक्ता र रिट निवेदकलाई नभएको बताएका छन् । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले त्यस्तो बताएका हुन् ।

कानुन व्यवसायी मिथलेश कुमार सिंहले बहस गरिहरेका बेला प्रधानन्यायाधीशले भने, 'तपाईंहरूलाई न्यायाधीश छान्‍ने अधिकार छैन ।'

बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूहरूलाई अदालतको विश्वास नभएर नभई  न्यायाधीशमाथि प्रश्‍न उठेकाले बहस गरेको बताए । 'कोटको विश्‍वास नभएर होइन, प्रश्‍न उठेका कारणले यो बहस भइरहेको हो । यो चिफ जस्टिसको अधिकारको कुरा हो,' वरिष्ठ अधिवक्ता थापाले भने । 

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठबारे रिट निवेदक र अधिवक्ताहरूले बहसका क्रममा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन् ।