गेटामा भोलिदेखि सय शय्याको अस्पताल सञ्चालनमा आउने

कैलाली- कैलालीको गेटामा भोलिदेखि एक सय शय्याको अस्पताल सञ्चालनमा आउने भएको छ । मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि अस्पताल सञ्चालनमा आउन लागेको हो ।
गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक १ गतेदेखि सामान्य सुविधासहित एक सय शय्याको अस्पताल सञ्चालन हुन लागेको जानकारी दिएका हुन् । जनरल ओपीडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउन्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवासहितको अस्पताल सञ्चालन हुने डा. जोशीले बताए ।
हाललाई ११ जना विशेषज्ञ चिकित्सकसहित सेवा सुरु भए पनि आगामी वैशाख महिनाभित्र थप सात वटा विशेषज्ञ सेवा थप गरिने निर्देशक जोशीले बताए ।
सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया