सुर्खेतमा नेपाल समूहको समानान्तर समिति

सुर्खेत : सुर्खेतमा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल समूहले समानान्तर समिति गठन गरेको छ । मोहनसिंह बडुवालको अध्यक्षतामा दुई सय २७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
लामो समयसदेखि माधव–झलनाथ समूहलाई साथ दिदै आएका एमाले सुर्खेतका अध्यक्ष एंव प्रतिनिधिसभा सदस्य धुव्रकुमार शाही संस्थापन पक्षमा लागेका छन् ।पार्टीको जिल्ला अध्यक्षसमेत रहेका शाही संस्थापन पक्षमा लागेपछि बडुवालको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको हो ।
समानान्तर कमिटीका अध्यक्ष बडुवाल शाहीको अध्यक्षतामा रहेको जिल्ला समितिको सचिव थिए । शुक्रबार साँझ गठन भएको समितिको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली छन् । सचिव उपाध्याय पनि अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया