मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्छ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको मौलिक विविधतालाई सम्मान गर्दै त्यसभित्र एकता खोज्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले नेपालको आफ्नै विविधता रहेको भन्दै आफ्नै विविधतालाई सम्मान गर्दै एकता खोज्नुपर्ने बताएका हुन् ।
उनले विविधतालाई विभेदको कुरा बनाएर समाजमा पक्षपात हुन नहुने र सामााजिक सद्भावमा आधारित राष्ट्रिय एकता बनाउनुपर्ने धारणा राखे । ओलीले मुलुकको आफ्नै विविधता भए पनि केही आयातित विविधता थोपर्न खोजिएकाले सतर्क हुनुपर्ने उल्लेख गरे । मुलुकको एकता बिथोल्न जनतालाई मूर्ख बनाउने प्रयास हुने गरेको भन्दै सजग भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले नेपाल शान्तिको पक्षमा रहेको र राष्ट्र अप्ठेरोमा परे ज्यान आहुती दिन तयार रहेको बताए । उनले समाज विकृत गैर जिम्मेवार भइरहेको अवस्थामा जिम्मेवार र अनुशासित बनाउने काम गर्न सुझाव दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया