रजनीकान्तलाई उछिन्दै विजयले राखे नयाँ रेकर्ड

मुम्बई- भारतमा हरेक महिना फिल्मका नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । बलिउडमा शाहरुख खानले कमाइका मामलामा आफ्नै फिल्मको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका छन् । उनले ‘पठान’ले बनाएको रेकर्ड ‘जवान’मा तोडेका छन् । यता दक्षिण भारतीय फिल्म उद्योगमा पनि रेकर्ड बन्ने टुट्ने क्रम जारी छ ।
अघिल्लो महिना मात्र रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ तमिल फिल्ममध्ये पहिलो दिन सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको थियो । तमिल अभिनेता विजयको ‘लियो’ले बिहीबार यो रेकर्ड तोडेको खबर छ । फिल्मले पहिलो दिन नै १ सय ४० करोड कमाइ गरेको छ । कतिले यो आँकडा १ सय ४५ करोड भएको पनि उल्लेख गरेका छन् । व्यापार पण्डितको अनुमान अनुसार फिल्मले भारतमा ७४ करोड र विदेशमा ६६ करोड कमाइ गरेको हो । अझ भारतका तीन ठूला मल्टिप्लेक्सले यो फिल्म रिलिज गरेका थिएनन् ।
‘जेलर’ले पहिलो दिन ७२ करोडको कमाइ गरेको खबर सार्वजनिक भएका थिए ।भारतबाटै पहिलो दिन धेरै कमाइ गर्ने मामलामा ‘लियो’ले ‘आदिपुरुष’ र ‘जवान’लाई उछिनेको बताइएको छ । ‘आलिपुरुष’ १ सय ३५ करोड हाराहारी कमाइ गरेको थियो भने ‘जवान’ले १ सय २९ करोड ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया