यस्तो छ कर्णालीमा लागू भएको चाडपर्व सुरक्षा कार्ययोजना

सुर्खेत- कर्णालीमा ‘एकिकृत चाडपर्व सुरक्षा कार्य योजना –२०८०’ लागू भएको छ । चाडपर्वमा हुने सम्भावित घटना न्यूनिकरण गर्नको लागि प्रदेश प्रहरी कार्यालयले उक्त योजना लागू गरेको छ । गएको वर्षको तुलनामा यस वर्ष बढी मात्रामा जनशक्ति परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट १ हजार ३६९ वटा ड्यूटीमा ४ हजार ५७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईका अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ३२३ स्थानमा मोवाईल गस्ती, क्यूआरटी र पैदल गस्ती समेत गरिने छ ।
२० स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने १२ स्थानमा कर्डन एण्ड सर्च तोकिएको छ । साथै १०२ वटा क्युआरटी परिचालन गरिएको छ भने ६८ वटा चेक प्वाइन्टहरुमा नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ ।
त्यसैगरी आकस्मिक घटनाहरुको लागि १७ वटा टोलीमा एक सय ३४ जना प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । यसैगरी ८३ वटा स्थानमा ट्राफिक सहितको संयुक्त चेकिङको थालनी भइरहेको छ । १८ स्थानमा बजार अनुगमन भइरहेको छ भने सवारी साधनको लागि बिशेष चेकिङको व्यवस्था भएको छ ।
सहज यातायातका लागि ६१ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । भट्टराईका अनुसार चोरी, तस्करी, लागूऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रणको चेकिङका लागि १८ स्थानमा सुरक्षा व्यवस्था गरिएको छ ।
यस्तै आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थल, महत्पुर्ण स्थानहरुको सुरक्षाका लाथि ९२ स्थानमा सुरक्षा व्यवस्था गरिएको छ ।
नागरिकको सुरक्षाको अधिकारको सम्मान गर्दै कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनिय र सुदृढ बनाई आम नागरिगको जनजीवन सामान्य तुल्याउन विशेष सुरक्षा रणनीति तयार पारिएको उनले बताए ।
चाडपर्वको समयमा कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी सुरक्षा योजना बनाई लागू गरिएको उनको भनाई छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया