एनआरएनएको कोषाध्यक्षमा सुदन थापा विजयी

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सुदन थापा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा कोषाध्यक्ष पदका प्रत्यासी उमेदवार ठाकुरप्रसाद ढुंगानालाई पछि पार्दै थापा निर्वाचित भएका हुन् ।
थापाले एक हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी ढुंगानाले एक हजार ९१२ मत ल्याएका छन् । थापा जापानमा व्यवसाय गर्दै आएका छन् । उनी करिब २ दशकदेखि जापानमा विभिन्न पेसामा संलग्न छन् ।
अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् । केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाए ।
उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन् ।
युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् ।
महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए ।
महाधिवेशनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गरेका थिए ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया