भारतीय नम्बरको स्कार्पियोबाट कटुवा पेस्तोलसहित तीनजना पक्राउ

विराटनगर- मोरङको धनपालथान गाउँपालिका-२ बाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भारतीय नम्बर प्लेट विआर ०६ पिए १३६२ रहेको स्कार्पियोलाई शुक्रबार गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्डमा कटुवा पेस्तोलसहित तीन राउण्ड गोली बरामद भएको थियो ।
उक्त स्कार्पियोका चालक सर्लाहीको हरीपुर्वा नगरपालिका-७ का २७ वर्षीय रबिन्द्रकुमार यादवलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडीमा रहेका अन्य दुई जना फरार भएको खुलेको थियो ।
फरार भएका सर्लाही हरीपुर्वा-७ कै २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला नगरपालिका-६ का २२ वर्षीय राम दयाल यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । उनीहरूलाई धनपालथान गाउँपालिका-३ दशगजा नजिकबाट पक्राउ गरी गरिएको जनाइएको छ ।
प्रहरी चौकी अमाहीबरियाती र सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार राति साढे ९ बजे गस्तीका क्रममा मोरङको धनपालथान-२ पैठास्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको उक्त स्कार्पियोबाट पेस्तोल र गोली बरामद गरेको भएको थियो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान सुरु भएको जनाइएको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया