मलाह समुदायको पेसा सङ्कटमा

इनरुवा- माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ । जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन थालेपछि मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको हो ।
ती समुदायका मानिसहरु सप्तकोशी नदीसँगै विभिन्न नदी तथा खोला र जलाशयमा माछा मारेर छाक टार्दै आएका थिए । सुनसरी कोसी–३ का गुलाबी मुखियाले खोलामा माछा पाउन छाडेपछि पेसा थप सङ्कटमा पर्न थालेको बताए ।
वर्षभरि नै नदी, खोला र विभिन्न जलाशयमा माछा मारेर जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय सप्तकोसी नदीसँगै विभिन्न खोला तथा जलाशयमा माछा नपाउँदा हातमुख जोड्नका लागि कठिनाइ आएको उनको भनाइ छ ।
माछा मारेर पाँचदेखि १० जनासम्मको परिवार चलाउँदै आएका मलाह समुदायका मानिसले अहिले आएर माछा पाउनका लागि मुस्किल हुने गरेकाले थप समस्या हुने गरेको रामजी मलाहले बताए ।
पहिले बेलौलना (काटी), चेचरा, कुस्राह, राजबाम, ढले, सिंही, मुङ्गरी, गरैलगायतका विभिन्न जातका माछा पाउँदै आएकामा अहिले आकलझुकल मात्र पाउने गरेका कारणले थप समस्या हुने गरेको मलाह सञ्जालका अध्यक्षसमेत रहेका गुलाबी मुखियाको भनाइ छ ।

आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

सामुदायिक वनको अभियानबाट उद्यमी बनेकी विष्णुकुमारी

आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

तपाइको आजको दिन कस्तो छ हेर्नुहोस (राशिफल)

तपाइको आजको दिन कस्तो छ हेर्नुहोस (राशिफल)

तपाइको आजको दिन कस्तो छ हेर्नुहोस (राशिफल)

प्रतिक्रिया