विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम छ : व्यापारी

काठमाडौँ- खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।
नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरूबाट खसीबोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरे । उनीहरूले दुर्गम जिल्लाहरूबाट खसी बोका किनेर नल्याउँदा काठमाडौँ उपत्यकामा खसीबोका महंगो परेको बताए । उनीहरूले सरकारले काठमाडौँ भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरूबाट नल्याएकाले महंगो पर्न गएको उनीहरूको भनाइ छ ।
एक सर्वसाधारणले काठमाडौँ आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महंगो परेको बताए । त्यस्तै पशुचौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताए । उनले मानिसहरूसँग पैसा कमी भएकाले दसैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताए । यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरू प्रशस्त रहेको बताए ।
उनीहरूले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ। काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौँ आएको बताए ।

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

माइडियाले ल्यायो १० वर्षे म्याग्नेट्रोन वारेन्टी र इन्भर्टर क्वाट्रो टेक्नोलोजीसहित…

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया