सेयर बजारका अल्पकालीन लगानीकर्तालाई बढी लाभ कर

काठमाडौँ :आर्थिक वर्ष २०७८/७९ को आर्थिक अध्यादेशले पुँजी बजारमा सट्टेबाज प्रकृतिका अल्पकालीन लगानीकर्तासँग बढी कर लिने भएको छ । व्यक्तिगत कारोबारीहरूले सेयर किनेर वर्षदिन पछि बेच्दा ५ प्रतिशत लाभ कर तिरे पुग्छ भने सो भन्दा कम समयमा बेचे ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।
सेयर बजारमा लगानीकर्ता ‘रिटेन्सन’ र पुँजी निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो नीति लिइएको आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए । ‘आज सेयर बेच्यो, भोलि त्यही लगानीकर्ताले उक्त रकम फेरि सेयर बजार मै लगानी गर्छ,’ उनले भने, ‘लगानीकर्ताको नियत नै सट्टेबाजी गरेर पैसा कमाउने हुन्छ ।’ उनले यो व्यवस्थाले सट्टेबाजी कम हुने साथै सेयर बेचेर बाहिरिएको व्यक्तिले सेयरबाट कमाएको रकम अन्य क्षेत्रमा पनि लगानी गरी पुँजी निर्माणमा मद्दत गर्न सक्ने बताए ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया