आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

जनकपुरधामकाे राजदेवी मन्दिरमा १५ हजार बढी बाेका बलि

जनकपुरधाम- जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार २५१ बोका बलि दिइएकाे छ ।

आइतबार बेलुकी ८:२० बजेदेखि सुरु भई साेमबार बिहनन ४:०५ बजेसम्म १५ हजार २५१ बाेकाकाे बलि दिइएकाे माता राजदेवी पूजा व्यवस्थापक महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिएका छन् ।

बाेका बलि प्रदानका लागि राजदेवी मन्दिरमा यसपालि पनि ४ वटा ठेहा सञ्चालन गरिएको थियाे । अध्यक्ष गुप्ताका अनुसार एक मिनेटमा एउटा ठेहामा कम्तीमा ३० वटा बोका बलि प्रदान भएकाे थियाे ।

आर्थिक मन्दीका कारण राजदेवी मन्दिरमा यसपालि अन्य वर्षको तुलनामा बोका बलि कम हुने अनुमान गरिएको छ । तर, बोका बलि प्रदानमा खासै असर नपरेकाे र पोहोर वर्षजस्तै जस्तै बलि प्रदान भएकाे उनले बताए ।