कांग्रेस महाधिवेशन भदौसम्म सर्न सक्छ : सहमहामन्त्री महत

दाङ : नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको १४ औं महाधिवेशन केही समय सर्न सक्ने बताएका छन् । काँग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतले कोभिड-१९ भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको बताए ।
‘‘अहिलेसम्म क्रियाशील सदस्यता टुङ्गिएको छैन, यो टुङ्ग्याउन माघ महिनासम्म लाग्न सक्छ’’, महतले भने । माघसम्म जिल्लाबाट क्रियाशील सदस्यता टुङ्ग्याएर पठाइएपछि केन्द्रले चैतसम्म छानबिन गरेर टुङ्गो लगाएपछि आगामी भदौ महिनासम्म महाधिवेशन गर्न सकिने उनको भनाइ छ ।
फागुनमै महाधिवेशन गर्न असंभव रहेको सबै नेताहरूले महसुस गरेको जनाउँदै महतले छिट्टै केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि नयाँ मिति तय गर्ने समेत जानकारी दिए । (रासस)

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

प्रतिक्रिया