चीनबाट थप स्वास्थ्य सामग्री आइपुग्यो
काठमाडौँ : उत्तरी छिमेकी चीनबाट अर्को लट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायतमा स्वास्थ्य सामग्री आइपुगेको छ । तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको राजदूत होउ यान्छीले जनाएकी छन् । उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदानमा दिएको हो । यसअघि पनि चीनले यस्तो स्वास्थय सामग्री उपलब्ध गराउँदै आएको छ ।
आइतबार हस्तान्तरण भएको लटमा ८ सय अक्सिजन सिलिन्डर, १० कस्सन्ट्रेटर, ५ भेन्टिलेटर, दुई सय आईसीयू बेड र १५ जार एन्टिजेन किट्स रहेको राजदूतको ट्वीटमा उल्लेख छ । उनले उक्त सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण गरिएको पनि जनाएकी छन् । चीनले यसअघि नै ८ लाख डोज भ्याक्सिन दिइसकेको छ । १० लाख डोज भ्याक्सिन मंगलबार काठमाडौँ आइपुग्दैछ ।
शनिबार नै काठमाडौँ आइपुग्ने गरी चीन सरकारले तयार गरेको भए पनि नेपाल सरकारको उदासिनताको कारण मंगलबार बिहान आइपुग्ने भएको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । चीनले आठ लाख बेइजिङमा र दुई लाख तिब्बतमा खोप तयार हालतमा बिहीबार नै राखेको हो ।
खोप दिने विषयमा चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाल समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन नै गरेर घोषणा गरेका थिए । त्यो घोषणा सँगै उनले अन्य सहयोग पनि रहने बताएका थिए । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न सक्दो सहयोग गर्ने जनाएको छ । नेपालले अन्य खोप पनि चीनबाट ल्याउन चाहेमा चीनले उपलब्ध गराउने यसअघि नै बताएको थियो ।
One more batch! 800 filled oxygen gas cylinders, 10 oxygen concentrators, 5 ventilators, 200 ICU beds and 15,000 antigen kits donated by Xizang (Tibet) were handed over at Tatopani border port! pic.twitter.com/RbQicKihrx
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 30, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया