ट्रमा सेन्टरमा आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने
एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा ट्रमाका बिरामीलाई समस्या
काठमाडौँ- राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए ।
हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ । उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शैय्या सञ्चालनमा रहेको जानकारी दिए । डा. रिजालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ती अभाव भएको बताए । झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको बताए ।
दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् । अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको जानकारी दिए । आफू वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेको बताए । अहिले अस्पतालबाट अनलाईन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताए ।
‘आइसीयु बेड १० वटा भएकोमा १ थप गरी ११ वटा आइसीयु बेड र ८ वटा एचडीयु बेड थप गरी १९ वटा बेडहरु आइसीयु बराबरको सेवा सञ्चालन भइरहेको छ । वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेका छौँ । अहिले तीन ठाउँमा फार्मेसी सञ्चालनमा छन् । अहिले लगभग सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको छ । फार्मेसीको पनि स्तरोन्नती गरिरहेका छौँ' डा. रिजालले भने 'ट्रमा भएर आइसकेपछि रेनर फेलरतर्फ जान थाल्यो भने केही बिरामीलाई डायलायसिस गर्नुपर्ने हुन्छ, आइसीयुमै हुँदा अप्रेसन गर्नुभन्दा अगाडि । त्यस्तोको लागि इमरजेन्सीको लागि आइसीयुमा एउटा बेडमा एउटा डायलायसिस मेसिन जोड्दैछौँ ।
'ट्रमा सेन्टरमा दैनिक साढे तीन सय जना ओपीडीमा बिरामीहरु आउनुहुन्छ । इमरजेन्सीमा एक सयदेखि एक सय ५० जना आउनुहुन्छ । लगभग चार सय ५० देखि पाँच सय बिरामीहरु हेरिरहेका छौँ । बिरामीको लोड बढेको कारणले अहिले २१८ बेड सञ्चालन गरिरहेका छौँ । र, त्यसो गर्दैगर्दा ट्रमामा आएकामध्ये ८० प्रतिशतलाई अप्रेसन गर्नुपर्ने हुन्छ । त्यसको लागि हामी कहाँ पोष्टप बेडको पनि समस्या छ । अहिले एक दिनमा रेगुलर ओटी भन्छौँ, इमरजेन्सी र नाइटको इएचएस हुन्छ । त्यो गर्दाखेरी २५ देखि ३० जनाको अप्रेसन हुन्छ दिनमा । त्यो गर्दै गर्दा पोष्टप बेड सात वटा छ । त्यो हुनाले हामीलाई कन्स्टेन्ट छ हामिलाई । त्यसको लागि एक्सपान्सन गर्नुपर्ने हुन्छ । त्यो सँगसँगै आइसीयु र एचडीयु पनि एक्सपान्सन गर्नुपर्नेछ' उनले भने 'दरबन्दीको कुरा गर्दा सरकारी दरबन्दीले नपुगेर यहीँको आन्तरिक स्रोतबाट कर्मचारी राखेर काम गर्नुपर्नेछ । दरबन्दी त अपुग छँदैछ । त्यसको लागि हामीले कुरा गरिरहेका छौँ । ओएनएम सर्वे गरेर आवश्यक दरबन्दी नेपाल सरकारले नै दिनुपर्छ । अहिले हामी ६ सय जना कर्मचारी छौँ । तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी छ भने अरु आउट सोर्सिङ गर्ने स्टाफ र आन्तरिक स्रोतबाट हो । जनशक्ति बढ्यो भने सेवा प्रवाहमा थप वृद्धि गर्नपनि सहज हुन्छ । हामीले मन्त्रालयसँग कुरा गरिरहेका छौँ । मन्त्रालय यसमा पोजेटिभ नै छ ।’
डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरु मर्कामा परेको बताउनु भयो । उहाँले सरकारी तवरमा रिहाव सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि लविङ गरिरहेको बताए । उनले स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरु अप्रेसन गरिसकेपछि पुनःस्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने बताए ।
उनले ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट) हरुका लागि आवश्यक पर्ने एमआरआइ मेसिन नहुँदा समस्या भएको बताउनु भयो । एमआरआई मेसिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको बताए । उनले अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने बताए । डा.रिजालले ट्रमाका बिरामीलाई मध्यनजर गर्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिए ।
‘ट्रमाका लागि साईड बाई साईड चाहिने भनेको रिहाब सेन्टर हो । ट्रमा भएर प्यारालाईज्ड भएर आइसकेको बिरामी जस्तो हामीहरुकोमा स्पाईन इन्जुरीहरु, ढाडमा चोट लागेर खुट्टाहरु, हात नचल्ने भएर आएका बिरामीहरु हुनुहुन्छ । उहाँहरु अप्रेसन गरिसकेपछि रिहाब सेन्टर जानुहुन्छ । अहिले प्राइभेटमा पठाइरहेको अवस्था छ । सरकारी लेभलमा छैन । त्यो भएको हुनाले कस्टको हिसावले पनि र नेपाल सरकारले त्यो पनि सेवा दिनुपर्छ भन्ने हिसावमा हामीले कुरा गरिरहेका छौँ । त्यो हुनाले रिहाब सेन्टरको आवश्यक छ' उनले भने 'चोट लागेर अपाङ्गता भएका बिरामीलाई जस्तो उसले आफैँ ट्वालेट कसरी गर्ने ? र उसको साइकोलोजिकल थेरापी जस्तो हिँडिरहेको मान्छे दुर्घटना भएर एक्कैपटक हिँड्न नसक्ने हुँदा जुन मेन्टल स्ट्रेस भएर डिप्रेसनमा जान्छ । त्यस्तो मानिसहरुलाई साईकोथेरापीहरु, साइकोलोजिकल सपोर्टहरु, ह्विलचियबाट कसरी हिँड्ने त्यही हुँदै गर्दा आफ्नो जीविकोपार्जन कसरी गर्ने स्किलहरु हेण्ड स्किलहरु, कामहरु त्यो सिकाउने रिहाब सेन्टर हुन्छ । त्यो सरकारी लेभलमा छैन । त्यो आवश्यक छ भनेर हामीले मन्त्रीज्युलाई पनि भनिरहेका छौँ । अहिले हामीलाई आवश्यक भनेको एमआरआई मेसिन हो ।
'ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन इन्जुरी, स्पोर्टस इन्जुरी, घोडाको चोट, ढाडको चोट) हरुका लागि एमआरआईको आवश्यक हुन्छ । त्यो एमआरआई यहाँ छैन । हामीले वीरमा पठाउँछौ र पालो कुर्नुपर्ने हुन्छ । नभए बिरामीहरु चाँडो भनेर निजीमा गइरहेको अवस्था छ । त्यसलाई कस्ट पनि बढी परिरहेको हुन्छ । त्यसकारण पनि ट्रमामा नै एउटा एमआरआई मेसिन चाहिन्छ । त्यो हामीले कुरा गरिरहेका छौँ । जहाँसम्म यो वर्षमा आउँछ होला । दोस्रो तलामा ओटी छ' डा. रिजालले भने 'र, तेस्रो तलामा आईसीयु र एचडीयु एक्सपान्सन गर्नसक्यौँ तेस्रो तलामा रहेको कार्यालयका कामहरु सातौँ तलामा गर्नसक्यौ भने धेरै बिरामीलाई आइसीयु, एचडीयुको सुविधा दिनसक्छौँ । त्यो गर्ने योजना छ ।'
'सँगसँगै हामीले फिजियोथेराफी सेवा बिस्तार गर्न खोजिीरहेका छौँ । स्पोर्टसा हुने फिजियोदेखि सबै किसिमको इन्जुरीहरुको लागि पनि फिजियोथेरापी यहीँ होस् भनेर भन्नको लागि फिजियोथेरापीको एक्सपान्सन गर्न खोजिरहेका छौँ । र, अर्को नयाँ एनेस्थेसीयाबाट पेन क्लिनिक पनि स्टार्ट गर्दैछौँ । यस्तै रिहाब सेन्टर खोल्नका लागि पनि पहल भइरहेको छ । सेवाग्राहीहरुले अनलाईन टिकट लिन मिल्छ । यहाँ बिहान आठ बजेदेखि नै सेवा शुरु हुने हुनाले उपचार गरेर पनि अफिस भ्याउन सक्नुहुन्छ । दरबन्दी पर्याप्त नभएको हुनाले एक जना चिकित्सकले तीन चार जना चिकित्सक बराबरको काम गर्नुपर्ने हुन्छ' डा. रिजालले भने 'त्यति खेर क्वालिटी कम्पोरमाइज हुनसक्छ । इमरजेन्सी र ट्रमा केयर गर्न ट्रमा सेन्टर सक्षम छ । हामी गरिरहेका छौँ । तर, बेडहरु अभावले गर्दा कहिले काहीँ अफ्ठ्यारो पर्नसक्छ । बिरामीहरुलाई पछिल्लो दिनहरुमा इएचएस सर्भिस शुरु भइसकेपछि पाँच वटा ओटी चलिरहेको छ । एक हप्ताभित्र पालो पाएर उपचार लिएर जानुहुन्छ । कहिले काहीँ प्लाण्ड ओटी भन्ने हुन्छ । त्यसमा पनि दुई हप्ताभित्र पालो पाएर जानुहुन्छ ।’
उनले बिरामीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लीन रहेको बताए । कुनैपनि बिरामी अस्पतालभित्र उपचार पाएर दुई हप्ता भित्र जसरी पनि फर्किने गरेको जानकारी दिए।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया