प्रधानमन्त्रीबाट जातीय राज्य दिने आश्वासन आउनु गलत : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको टिप्पणी गरेका छन् ।
बडादसैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जातीय द्वन्द्वमा मुलुक फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुने बताए । उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेकाले राजनीतिक दलका नेताहरू संवेदनशील र सचेत हुनुपर्ने जिकिर गरे ।
उनले जातीय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातीय राज्य दिने आश्वासन आउनु गलत भएको टिप्पणी गरे ।
नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समीकरण बनाइएको बताए । उनले कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा नआउने बताँउदै कोजाग्रत पूर्णिमापछि कोशी प्रदेशमा नयाँ समीकरण अनुसार राजनीतिक गतिविधि बढ्ने जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया