‘तनु वेड्स मनु’को तेस्रो भाग बनाउने कंगनाको घोषणा

मुम्बई- एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी कंगना रनावतले ‘तनु वेड्स मनु’को तेस्रो भाग बनाउने तयारी भइरहेको बताएकी छिन् । नयाँ फिल्म ‘तेजस’को रिलिजको पूर्व सन्ध्यामा उनले ‘तनु वेड्स मनु’को सिक्वेल बनाउने बताएकी हुन् ।
आनन्द एल राय निर्देशित दुई शृंखला हिट भएका थिए । आर माधवन र कंगनाको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकसँगै समीक्षकले पनि रुचाएका थिए । एउटा हिटको खोजीमा रहेकी कंगनाले अहिले यही शृंखला ब्युँताउने घोषणा गरेकी हुन् ।
२०१४ यता कंगनाका कुनै पनि फिल्म हिट भएका छैनन् । यो क्रममा आश गरिएका ‘रंगुन’,‘धाकड’, ‘पंगा’ ‘थलाइवा’ कुनै पनि फिल्मले गतिलो व्यापार गरेका छैनन् । अझ २ सय करोड हाराहारी लगानी भएका ‘धाकड’ जस्ता चलचित्रले त जम्मा ७ करोडको व्यापार गरेका थिए ।
शुक्रबारदेखि रिलिज भएको कंगनाको ‘तेजस’ले पनि सोही लय कायम राखेको समाचारमा बताइएको छ । फिल्मले पहिलो दिन १ करोड पनि कमाउन पनि गाह्रो हुने व्यापार विश्लेषकको अनुमान छ । कंगनाका भर्खरै ‘चन्द्रमुखी’ र ‘टिकु वेड्स सेरु’ पनि फ्लप भएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया