शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

सरुवा रोगको जोखिमलाई न्यूनीकरण गर्न सीमा सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सरुवा रोगको जोखिमलाई न्यूनीकरण गर्न सीमा सहकार्य आवश्यक रहेको बताएका छन् ।

मलेरिया उन्मुलन सम्बन्धी योजना र तयारी सम्बन्धी दक्षिण पूर्वी एसियाका सांसदहरूको प्राविधिक बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले विभिन्न रोगहरू एक देशबाट अर्को देशमा फैलन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सीमा सहकार्य आवश्यक रहेको बताएका हुन् ।

मलेरियालाई पूर्ण रुपमा न्यूनीकरण गर्न देश–देशबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्री बस्नेतले आवश्यक स्वास्थ्य सामग्री लगायतको समयमा नै उचित व्यवस्था गरे मलेरिया जस्ता रोगहरूसँग जुध्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले दक्षिण पूर्वी एसियाका सांसदहरूले पनि जोखिमयुक्त रोगहरूको नियन्त्रणका लागि एकीकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।.