धान खेतमा युवकको शव फेला

जनकपुरधाम- जनकपुरधाममा एक युवकको शव धान खेतमा फेला परेको छ ।
मृत फेला परेका युवक धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापारा बस्ने फुलगेन महराका अन्दाजी २३ वर्षीय छोरा रुपेश महरा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जनाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका-२३ बेलास्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको हो । शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा तालिमप्राप्त कुकुरबाट अनुसन्धान गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले बताए ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया