छठ पर्व मधेशीको भावनासँग जोडिएको हो : मन्त्री साह

जनकपुरधाम- छठ पर्व मधेशी समुदायका लागि पर्व मात्र नभई भावनासँग जोडिएको नेपाल सरकारको संघीय मामिला मन्त्री अनिता देवी साहले बताएकी छन् ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित रहेको कपिलेश्वरनाथ युवा कमिटीद्वारा आयोजित तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले छठ पर्व मधेशी समुदायको भावनासँग जोडिएको बताइन् । उनले छठ पर्वमा मधेशी समुदायको हर्षोल्लासले यो पर्वलाई भावनात्मक रूपमा लिइएको बताइन् ।
उनले दिनानुदिन छठ जस्तो महान पर्वलाई आधुनिकीकरणको नाममा विकृति तर्फ लैजाँदै गरेको प्रति दुःख व्यक्त गर्दै पर्वलाई आधुनिकीकरण नगर्न आग्रह गरिन् । कपिलेश्वरनाथ युवा कमिटी अध्यक्ष मनोजकुमार साहको अध्यक्षता तथा मन्त्री साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको शुभकामना आदान प्रदानका क्रममा हिन्दु धर्मावलम्बीहरूको पर्वलाई पौराणिक विधि विधान र निष्ठाले नै मनाउनुपर्ने उनले जोड दिइन् ।
युवा अभियन्ता रजनिश साहको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र ठाकुर, पूर्व सांसद परमेश्वर साह, लोसपा सहकारी विभाग प्रमुख सन्जयकुमार साह, केन्द्रीय सदस्य सन्जय चौधरी, वडाअध्यक्ष राम चन्द्र पजियार र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको उपस्थिति रहेको थियो ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया