सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

प्रिमियर लिगः शीर्ष स्थानको टोटेनहमले क्रिस्टल प्यालेसलाई हरायो

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शीर्ष स्थानको टोटेनहमले जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

टोटेनहमको जितमा सन हेउङ-मिनले एक गोल गर्दा क्रिस्टल प्यालेसका जोएल वार्डले एक आत्मघाती गोल गरे ।

क्रिस्टल प्यालेसका लागि जोर्डन अयेवले एक गोल फर्काए ।

जितसँगै १० खेलबाट २६ अंक जोडेको टोटेनहमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी ५ अंकमा पुर्‍याएको छ । साविक विजेता सिटीले भने ९ खेलबाट २१ अंक जोडेको छ ।

क्रिस्टल प्यालेस भने १२ अंकसहित ११ औँ स्थानमा छ ।