दशैंको मौका छोपेर बढी भाडा लिएका सवारीलाई कारबाही

मकवानपुर । दशैंकाे समयमा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारबाही गरेकाे छ । दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारबाही गरेको हाे ।
यात्रुबाट सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेर बढी लिएकाे भाडा रकम यात्रुलाई फिर्ता गरेकाे छ । दशैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडाबापत २० हजार २५० रुपैयाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
बढी भाडा लिने र ट्राफिक नियम पालना नगर्नेहरुलाई जनही १ हजारदेखि ५ हजारसम्म जरिवाना गरिएको समेत आचार्यले बताए । ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १ सय ३७ सवारी र यात्रुकाे टिकट नकाट्ने ३१ सुमोलाई कारबाही गरिएको छ ।
हेटौँडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिए पनि यात्रुसँग ८ सयदेखि १२ सयसम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५५०/१५० सम्म रकम फिर्ता गराइएको उनले जानकारी दिए । सर्लाही–काठमाडौं १२ सय भाडादर तोकिएको भए पनि दुई हजारसम्म लिएकोमा प्रतिव्यक्ति आठ सय रकम फिर्ता गराइएकाे छ ।
त्यस्तै, सिमरा–काठमाडौं सुमो भाडादर ८५० तोकिएको भए पनि एक हजारसम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौं ८५० भाडादर तोकिएको भए पनि १५ सय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया