‘मुम्बई चलचित्र महोत्सव' को नयाँ संस्करण सुरु , आधा दर्जन नेपाली फिल्म देखाइँदै

काठमाडौँ - शुक्रबारदेखि भारतमा सुरू भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् ।
महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदैछ । यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर ः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।
छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स्’ पनि प्रतिस्पर्धामा छन् । विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । उक्त चलचित्र ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत छनोट भएको हो । महोत्सवमा सहभागी हुन पुगेकी निर्देशक गिरीले अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित भएकोे प्रतिक्रिया दिइन् । उनको भनाइ थियो , 'प्रतिस्पर्धामा सहभागी चलचित्रकर्मीहरूसँग ज्ञान र अनुभव साट्नुका साथै यहाँका चलचित्र हेर्न र आफ्नो चलचित्रका बारेमा आउने प्रतिक्रियाका निमित्त तयार रहेको छु ।'
नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । मौलिक कथा छनोट गरिने यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया