नेपाल आईपुगे राष्ट्रसंघीय महासचिव गुटेरेस

काठमाडौं - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । आफ्नो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् ।
नेपालको चार दिने औपचारिक भ्रमणका लागि गएराती आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलवायु परिवर्तनका बारेमा छलफल गर्नेछन् । उनले आज अपरान्ह १ः१५ बजे पछि प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेटवार्ता गर्नेछन् ।
यस भ्रमणको क्रममा महासचिव गुटेरेस स्याङबुचे जानेछन भने पोखरासहित अन्नपुर्ण पदमार्ग पुग्ने र लुम्बिनीमा शान्ति ध्यान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया