शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

प्रतिनिधिसभा बैठकः राष्ट्रसंघीय महासचिवको सम्बोधनबारे जानकारी दिइने

फाइल फोटो

काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसेवकका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्  ।

सचिवालयका अनुसार आइतबारको बैठकमा अर्थमन्त्री  प्रकाशशरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।