सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

इंग्लिस प्रिमियर लिगः चेल्सीले हार्दा आर्सनल विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत चेल्सीले पराजय भोग्दा आर्सनलले जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डविरुद्ध २-० गोलको पराजय भोगेको हो ।

ब्रेन्टफोर्डको जितमा इथान पिन्नोक र ब्रायन एमबेउमोले एक-एक गोल गरे । यससँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड १० औँ स्थानमा उक्लिँदा १२ अंक रहेको चेल्सी ११ औँ स्थानमा झरेको छ ।

यता आर्सनलले शेफिल्ड युनाइटेडलाई ५-० गोलअन्तरले पाखा लगायो । आर्सनलको जितमा एडी एनकेटियाले ह्याट्रिक पूरा गर्दा फाबियो भियरा र टाकेहिरो टोमियासुले एक-एक गोल गरे ।

जितसँगै २४ अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता २१ अंक रहेको साविक विजेता म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ ।