‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यु पेरीको निधन

लसएन्जल्स : अमेरिकी एक्टर एवं कमेडियन म्याथ्यु पेरीको ५४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार उनलाई शनिबार बिहान ४ बजे बाथटबमा मृत अवस्थामा भेटिएको हो ।
९० को दशकको हिट टिभी सिटकम ‘फ्रेन्ड्स’मा चान्डलर बिङको भूमिका निभाएका पेरी यही चरित्रका कारण विश्वभर परिचित भएका थिए । न्यूयोर्क सहरमा बस्ने ६ जना युवा साथीको सम्पत्तिबारेको फ्रेन्ड्स सन् १९९४ देखि सन् २००४ सम्म प्रसारण भएको थियो ।
फ्रेन्ड्सको अन्तिम एपिसोडलाई अमेरिकामा पाँच करोड २५ लाख मानिसले हेरेका थिए । सन् २००० को दशकमा यो सबैभन्दा बढी हेरिएको टिभी एपिसोड बनेको थियो । पेरीले फूल रस इन, अलमोस्ट हिरोज र द होल नाइन यार्ड लगायत चलचित्रहररूमा पनि अभिनय गरेका थिए ।
तर ‘फ्रेन्ड्स’को लोकप्रियताको तुलनामा उनका फिचर फिल्मले उनको करिअरमा उडान भर्न सकेन । बरु ९०को दशकमा पेरी सुन्दरी अभिनेत्रीसँगको अफेयरमा चर्चामा रहने गरेका थिए । उनको नाम जुलिया रोबर्टस्, सेल्मा ब्लेयर, कप्लान आदि अभिनेत्रीसँग जोडिएको थियो । उनले विवाह पनि गरेका थिएनन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया