विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी : सांसद सुवाल

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै सांसद सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको जिकिर गरे । उनले नेपालीलाई योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए । उनले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाइ बिदा कटौती गर्नुपर्ने माग गरे ।
‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । किनभने अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ,' उनले भने, 'देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्छ ।’
सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया