रनवीर र दीपिका बने ट्रोलको सिकार

मुम्बई- पहिलाको सिजनझैँ ‘कफी विथ करण’को नयाँ सिजनले पनि ट्रोलरलाई प्रशस्त खुराक दिएको छ । आठौँ सिजनको पहिलो भागमा देखा परेका रनवीर सिंह र दीपिका पादुकोनले प्रेमदेखि विवाहसम्मका किस्सा सुनाउने क्रममा दुवैको इमेज विपरितका कुरा साझा गरेपछि ट्रोलरले रनवीर र दीपिकालाई निशाना बनाएका छन् ।
करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू रणवीरसँग पनि गम्भीर सम्बन्धमा नभएको बताएपछि ट्रोल भएकी हुन्।दीपिकाले भनेकी थिइन्, ‘ हामी एक अर्कासँग भेट पनि गरिरहेका थियौँ तर टेक्निकल्ली कमिटेड थिएनौँ । म रनवीरसँगै अरुलाई पनि भेटिरहेकी थिएँ तर मेन्ट्ल्ली रनवीरसँगै कमिटेड थिएँ । जता बरालिए पनि फर्केर रनवीर भाठाउँ नै आइरहेको थिएँ । तर जब उनले मलाई विवाहको प्रस्ताव राखे, म गम्भीर भएँ ।’
दीपिकाले थप भनिन्, ‘म अविवाहित नै रहन चाहन्थें किनभने म दुईवटा कठिन सम्बन्धबाट बाहिर आएकी थिएँ । म कसैप्रति प्रतिबद्ध हुन चाहन्नथें ।’दीपिका कुनै समय रनवीर कपुरसँग गहिरो प्रेममा थिइन् । दीपिकाले मिडियामा रनवीर कपुरले धोका दिएको आसयको कुरा गरेकी थिइन् ।
अहिले दीपिकालाई धेरैले रनवीर कपुरलाई दोष दिने बेलामा सति सावित्री बनेको तर असली चरित्र अर्कै रहेको भन्दै मजाक गरिरहेका छन् । उता रनवीरले पनि दीपिकासँगको पहिलो भेटको कथा सुनाउने क्रममा अनुष्का शर्मासँगको भेटको कथा दुरुस्त सुनाएकाले रनवीर पनि ट्रोल बनिरहेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया