अजय देवगनको ‘सिंगम अगेन’मा एक्सन हिरोको भिड

मुम्बई - रोहित सेठ्ठीको कप युनिभर्स ‘सिंगम अगेन’मा रनवीर सिंह पनि जोडिएका छन् । निर्माण टिमले सोमबार उनको उपस्थिति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । अजय देवगनको मुख्य भूमिका रहने फिल्मका दुई शृंखलामा भिलेनसँग भिड्ने काम अजय एक्लैले गरेका थिए । तेस्रो शृंखलामा भने एक्सन हिरोको भिड नै देखिने भएको छ ।
फिल्ममा यसअघि नै अक्षयकुमारको प्रवेश भइसकेको छ । यसमा रनवीर सिंहको प्रवेश अपेक्षित मानिएको थियो किनकि रनवीरले रोहित सेठ्ठीको निर्देशनमा ‘सिम्बा’मा काम गरिसकेका थिए । तर यो भिडमा टाइगर श्राफको प्रवेश भने धेरैलाई छक्क पार्ने खालको थियो । टाइगरले रोहित सेठ्ठीसँग पहिलो पटक काम गर्न लागेका हुन् । अक्षय, अजय र रनवीरले भने ‘सूर्यवंशी’मा सँगै काम गरेका थिए ।
फिल्ममा विक्की कौशलको पनि अभिनय रहने चर्चा छ । फिल्ममा दीपिका पादुकोन पनि थपिएकी छिन् । करिना कपुर भने दोस्रो शृंखलादेखि यसमा जोडिएकी हुन् जसले यो भागमा पनि निरन्तरता पाएकी छिन् । यसको पहिलो भाग सन् २०११ मा रिलिज भएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया