बाहिरिएलान् न्यायाधीश केसी र श्रेष्ठ ?

काठमाडौँ : प्रश्न खेपेका न्यायाधीशले संवैधानिक इजलास छाड्ने वा नछाड्ने टुंगो सोमबार लाग्दैछ । सर्वोच्च अदालतले ती न्यायाधीशको विषयमा आज बेलुका आदेश जारी गर्ने भएको हो ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठिन संवैधानिक इजलास विषयवस्तुमा प्रवेश गर्न नपाउँदै न्यायाधीशमाछि प्रश्न उठेको थियो । आइतबारको सुनुवाइमा पनि कानुन व्यवसायीले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाएका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ भइरहेको छ । कानुन व्यवसायी गोविन्द बन्दीलगायतले न्यायाधीशमाथि प्रश्न उठाएपछि आइतबारको सुनुवाइ यही मुद्दामा केन्द्रित भएको थियो । इजलासले यही विषयमा लामो बहस गराएपछि बहसको टुंगो सोमबार लाग्ने भएको हो ।
यसअघि शुक्रबार पनि इजलासका न्यायाधीशमाथि प्रश्न उठेको थियो । रिट निवेदकतर्फका न्यायाधीशमाथि प्रश्न उठाएका थिए । न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै उनी विघटनको मुद्दामा बस्न नहुने जिकिर कानुन व्यवसायीहरूको थियो । अर्कोतिर इजलासका अर्का न्यायाधीश केसीमाथि पनि यही विषयलाई आधार बनाएर कानुन व्यवसायीले प्रश्न उठाएका थिए । नेकपा नामको मुद्दाले मुलुकलाई यो अवस्थामा ल्याएको जिकिर गर्दै कानुन व्यवसायीले उक्त फैसलाको पुनरावेदन अस्वीकर गर्नेमा न्यायाधीश केसीसमेत रहेको प्रष्ट पारिरहेका छन् ।
निष्ठामाथि प्रश्न उठेपछि न्यायाधीशद्वय श्रेष्ठ र केसीले इजलासबाट बाहिरिएलान् ? उक्त प्रश्नको जवाफ सर्वोच्च अदालतले आजै दिने भएको छ । तर, इजलासबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय तिनै न्यायाधीशले गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार नै संकेत गरेका थिए । न्यायाधीशमाथि उठेका प्रश्नमाथि बहस सकिएपछि आइतबार उनले भनेका थिए,‘अब श्रीमानले के भन्नुहुन्छ ?’

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया