सुनिधी चौहान भन्छिन्, ‘इन्डियन आइडलमा जबर्जस्ती प्रशंसा गर्न लगाउँछन्’

मुम्बई : गायिका सुनिधी चौहानले इन्डिन आइडलमा प्रतिस्पर्धीले नराम्रो गाउँदा पनि निर्माताले प्रशंसा गर्न दबाब भए पछि आफूले निर्णायक बन्ने कामै छाडिदिएको बताएकी छिन् । सुनिधीका अनुसार सोका दौरान प्रतिस्पर्धामा रहेका गायकले नराम्रो गाउँदा पनि सोका निर्माताले उनलाई राम्रो भनिदिन दबाब दिने गरेका थिए ।
केही दिनअघि किशोरकुमारका छोरा अमितकुमारले पनि इन्डियन आइडलमाथि यही आरोप लगाएका थिए । उनले पनि सोका निर्माताले झुटा प्रशंसा गर्न लगाएको गुनासो गरेका थिए । यति मात्र होइन गायक हिमेश रेसमिया र नेहा कक्करको गायकी पनि गतिलो नभएको टिप्पणी गरेका थिए । सोको होस्ट आदित्यनारायणले यसको बचाव गरे पनि यसले रियालिटी सो भनिए पनि यस्ता सोमा रियलभन्दा पनि फेक काम हुने गरेको पोल खुलेको छ ।
सुनिधीले इन्डियन आइडलका पाँचौं र छैटौं संस्करणमा निर्णायकको जिम्मेवारी निर्वाह गरेकी थिइन् । यो दौरानमा सुनिधीले कडा टिप्पणी गर्ने गरेकी थिइन् जुन दर्शकले रुचाउने गरेका थिए । तर, त्यही टिप्पणी सो निर्मातालाई भने मन नपर्ने उनले खुलासा गरेकी छिन् ।
सुनिधीझैं केही समय पहिले इन्डियन आइडलको पहिलो संस्करणका विजेता अभिजीत सावन्तले पनि रियालिटी सोमा फेक लभस्टोरी र गरिबी देखाएर सोलाई हिट बनाउने प्रवृत्ति बढेको आरोप लगाएका थिए । उनले क्षेत्रीय सोमा दर्शकलाई प्रतिस्पर्धीको बारेमा विरलै थाहा हुने तर भारतीय सोमा मात्रै सानातिना दुःखलाई पनि ठूलो बनाएर प्रस्तुत गर्ने गरेको भन्दै आलोचना गरेका थिए । उनले भारतीय सोले गीतभन्दा पनि अरु नै बेच्ने गरेको पनि गुनासो गरेका थिए ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया