चलचित्र ‘दिमाग खराब’बाट कुशल भुर्तेलले पाए ६० हजार

काठमाडौँ - आजबाट सुरु भएको टि–२० विश्वकप छनौट प्रतियोगितामा ‘म्यान अफ द म्याच’ बन्ने र टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको चलचित्र ‘दिमाग खराब’ले घोषणा अनुरुप पहिलो दिन पुरस्कार प्रदान गरेको छ । पहिलो दिन सिंगापुरलाई ८ विकेटले हराएको नेपालका लागि कुशल भुर्तेलले ७४ रनको पारी खेलेका थिए । यही पारीका कारण म्यान अफ म्याच घोषित कुशल भुर्तेलले ‘दिमाग खराब म्यान अफ दी म्याच’ अवार्ड प्राप्त गरेका छन् । सो वापत् उनले ५० हजार नगद हात पारे । उनलाई निर्माता रौनक विक्रम कँडेलले नगद हस्तान्तरण गरेका थिए
पुरस्कार रकम चलचित्रको टिमले प्रदान गर्ने भए पनि यसको निर्णय गर्ने अधिकार भने नेपाल क्रिकेट एसोसिएसनलाई दिइएको थियो । सो अनुरुप खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ को पुरस्कार पनि कुशललाई नै प्रदान गरिएको छ । यसको रकम १० हजार रहेको थियो ।
चलचित्र कात्तिक २४ बाट सार्वजनिक प्रदर्शन हुँदैछ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई खगेन्द्र लामिछाने अर्पण थापा स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया